माघ १२ गते २०७७
रहेनन् गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायक
पोखरा, १२ माघ । राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको पोखरामा निधन भएको छ ।पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः३० मा मृत्यु भएको हो ।
गायक उच्च रक्तचापका कारण अस्पतालको सघन उपचार कक्षमा ३ दिनदेखि उपचार गराइरहनुभएको थियो । गायकले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा -१६ बाटुले चौरस्थित गन्धर्व पाठशालामा गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउँदै आउनुभएको थियो । उहाँकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।