असाेज १८ गते २०८२
आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक
असोज १८, पोखरा
मुलुकभर आजदेखि ३ दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित बस्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज १८ देखि २० गतेसम्म देशभर वर्षा हुने र गण्डकी प्रदेशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम रहने अनुमान गरिएको छ । सोही पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्की हुँदै काठमाडौं, लुम्बिनी, मधेश प्रदेशतर्फ जाने सबै लामो दूरीका सवारी साधन अस्थायी रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा भनिएको छ, “सर्वसाधारणको ज्यान र सुरक्षालाई ध्यानमा राख्दै असोज १८ देखि २० गतेसम्म कास्की हुँदै अन्य प्रदेशतर्फ जाने र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सबै लामो दूरीका सवारी साधनको आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।”