जेठ १ गते २०७८

कोरोनाको कारण शनिवार पोखराका ६ सहित गण्डकीमा थप १४ जनाको मृत्यु

पोखरा,०१ जेठ । शनिवार गण्डकीमा थप ७७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गत २४ घण्टामा गण्डकीका १ हजार ३४२ जनाको नमुना परीक्षण गर्दा ७७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६८ जना, तनहुँका ५८ जना, गोरखाका ४९ जना, र नवलपुरका १४७ जना छन्।

यस्तै, स्याङ्गजाका २१ जना, पर्वतका १८ जना, बाग्लुङका ७९ जना र म्याग्दी जिल्लाका २३० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २७ हजार ४०५ पुगेको छ, जसमा ७ हजार ७१५ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०० जना कोरोनामुक्त भएका छन्। यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३३५ पुगेको छ। शनिवार पनि गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ ।