असाेज २ गते २०७९

लौरो अभियानद्वारा गण्डकी प्रदेशमा उम्मेदवारी घोषणा

१ असोज,पोखरा । लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ ९क० बाट सुचेन्द्र परियार, ३ ९क०बाट खेम तिमिल्सिना, स्याङ्जा १ ९ख०बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ ९क० बाट मकुल मियाँ, कास्की १ ९ख० बाट महेश श्रेष्ठ, नवलपुर १ ९क० बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।