चैत्र ७ गते २०८०
बेगनास तालमा ड्रागन बोटरेस हुँदै
पोखरा
यहि चैत ११ र १२ गते बेगनास तालमा ड्रागन बोटरेस प्रतियोगिता आयोजना गरिएको हो । बेगनासतालको मन्दरेपार्क डुंगाघाटमा प्रतियोगिता सञ्चालन हुनेछ ।
५ सय मिटर र २ सय मिटर दुरीका २ विधामा बोटरेस प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।
उनका अनुसार ५ सय मिटरको विजेताले १ लाख ८० रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः १ लाख २० हजार, ६० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । २ सय मिटरतर्फ विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र सान्तवनाले क्रमशः ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा हालसम्म १० टोली सहभागी हुन नाम दर्ता गराएको कँडेलले बताए । ‘प्रतियोगितामा १२ देखि १६ टोलीसम्म सहभागी हुने अपेक्षा छ’, उनले भने । पोखराको बेगनाससँगै फेवाताल लगायतका तालका डुंगा व्यवासयी, ¥याफिटिङ एसोसियसन नेपाल, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोलीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।
पोखरा महानगरपालिका, ड्रागन बोट संघ गण्डकी प्रदेश र होटल तथा रेष्टुुरेन्ट एसोसियसन लेखनाथले आयोजना गरेको प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड गण्डकीले प्रबद्र्धन गर्नेछ । ड्रागन बोटरेस प्रतियोगितासँगै स्थानीय माछाका परिकारको प्रदर्शन, कलासँस्कृति भेषभुषा, झाँकी ¥याली, नेपाल–चीन सम्बन्ध झल्काउने बस्तु र परिकारको प्रदर्शन र सांगीतिक कार्यक्रम हुनेछन् ।