भाद्र ६ गते २०७८

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

काठमाडौं, ६ भाद्र । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् । वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सम्बन्धमा भएका कामबारे जिल्ला सभापतिहरुलाई गुमराहमा राख्ने प्रयास भएको आरोप लगाएका छन् ।

त्यस्तै उनीहरुले ७७ वटै जिल्लाका सभापतिहरुको निर्वाचित हुने व्यवस्था समान हुनुपर्ने माग समेत राखेका छन् । कांग्रेसले निर्वाचन निर्देशिकामार्फत एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधिले नै जिल्ला सभापतिमा उम्मेदवारी दिनसक्ने प्रबन्ध गर्दैछ ।