फागुन ५ गते २०८०
हेमजा उधोग ब्यबसाय समितिको अध्यक्षमा तिमिल्सिना
गोविन्द तिमिल्सिना
हेमजा, ५ फागुन
हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको पहिलो साधारण सभा तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले मिनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुशीला पाठक त्रिपाठी, महासचिवमा राजेन्द्र बाँस्तोला, सचिवमा तिर्थराज देवकोटा र कोषाध्यक्षमा सुशीला पौडेल बाँस्तोला चयन हुनुभयो । अन्य सदस्यमा उपेन्द्र सापकोटा, धुर्व परियार, प्रदिप सापकोटा, कृष्ण अधिकारी र सृष्टि अधिकारी रहनु भएको छ । साथै ३ सदस्य मनोनीत गरिने सचिव तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उधोग ब्यबसाय संघका अध्यक्ष पवनकुमार प्रजापतिले हाम्रो ब्यबसायमा आफनो उत्पादन बडाउनु पर्ने बताउदै सरकारले ब्यबसायलाई केही नगरेको उल्लेख गर्नुभयो । हेमजालाई पोखरा उधोग ब्यबसायको इकाई बनाउन पहल गर्ने बताउदै आर्थिक मण्डी भएको अबस्थामा कर बडाउन नहुने बताउनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, कपडा ब्यबसाय सघं कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा इलेक्ट्रोनिक ब्यबसाय संघ कास्कीका अध्यक्ष नारायण सुवेदी र सदस्य धुर्बबहादुर परियारले शुभकामना दिनु भएको थियो । संयोजक मिनराज तिमिल्सिनाले ब्यबसायको हक हितको लागि समिति भएको बताउदै समिति गठन र दर्ता गर्दा भोग्नु परेको समस्य बारे जानकारी गराउनु भएको थियो । हाल १२३ जना सदस्य रहेको कोषाध्यक्ष तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।
संयोजक मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सुशीला बाँस्तोलाले र सञ्चालन सचिव राजेन्द्र बाँस्तोलाले गर्नुभएको थियो ।