माघ १९ गते २०७७
लामो समय पछि चलचित्र निर्माणमा करिश्माको कमव्याक
पोखरा, १९ माघ ।
अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्मले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।
पोस्टरमा उल्लेख भए अनुसार फिल्मले पिता र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज खनाल अनुबन्ध भएका छन् । खनालले फिल्मको कथावस्तु र आफ्नो भूमिका असाध्धै मन परेका कारण काम गर्नका लागि स्वीकृति जनाएको फिल्मीखबरलाई बताए । फिल्मको कथा सुशील क्षेत्रीले तयार पारेका हुन्