माघ १९ गते २०७७

अर्मला कोटमा कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा,१९ माघ ।

पोखरा महानगर पालिका १६ स्थित रमणिय अर्मला कोटमा दुई दिने कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १६ को आयोजनामा अर्मला कोटका महिलाहरुलाई लक्षित गरी महिला शसक्तिकरणका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।


उक्त सचेतना कार्यक्रम पश्चात होम स्टे सञ्चालन गर्ने अर्मलाका करिव ३० जना महिलाहरुलाई तिन दिने कुक तालिम समेत प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारद्वारा अर्मला कोट होम स्टे प्रदेशकै होम स्टेमा सुचिकृत समेत भइसकेको छ ।