5 years ago
Samaya Dristi
0
काठमाडौं,१७ बैशाख । नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ ।
थप समाचार