काठमाडौं उपत्यकामा वैशाख १६ र कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा (आदेश पत्र सहित)
पोखरा १३ वैशाख ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र सवारी साधन आवतजावतमा पनि रोक लगाइएको छ। सो आदेशमा के बन्द र के खुल्ला भन्ने मापदण्ड पनि बनाइएको छ।
पोखरा
कोरोना संक्रमण बढेपछि वैशाख १५ गतेदेखी सवारीमा जोर विजोर प्रणाली लागु गर्ने हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय कास्कीले सोमबार साँझ आदेश जारी गर्दै अत्यावश्यक बाहेका काममा बाहिर हिँडडुल नगर्न , सभा सम्मेलन भेला निषेध गरेको छ ।
दैनिक उपभोग्य खाद्यबस्तु बिहान ५ बजेदेखी बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ भने सिनेमा हल , नाचघर , दोहोरी साँझ , बार , डिस्को,सुनचाँदी पसल , रंगशाला , जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।यस्तै रेष्टुरेण्टहरुमा विहान ८ बजेदेखी बेलुका ८ बजेसम्म टेक अवेको रुपमा सेवा प्रवाह गर्न आदेशमा भनिएको छ ।
गोविन्द तिमिल्सिना हेमजा, ५ फागुन हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको पहिलो साधारण सभा तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले मिनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य...
Read More
पोखरा ३० साउन लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स...
Read More
मौलिक पन्चेबाजामा आधारित ‘बाचा कसम’ गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकड गरिएको गितमा गायक बिजय बाबु, अशोक अधिकारी र विमला गैरेको सुमधुर आवाज रहेको छ ।...
Read More
जनताको प्रतक्ष सरकार मानिने स्थानिय निकायको चुनाव सम्पन्न भएको छ । यसपालीको मतदानमा प्रारम्भिक जानाकारी अनुसार ६० प्रतिसत भन्दा धेरै मतदान भएको छ । मतदानमा खासगरी ग्रामिण क्षेत्रमा सहभागी...
Read More