काठमाडौं उपत्यकामा वैशाख १६ र कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा (आदेश पत्र सहित)
पोखरा १३ वैशाख ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र सवारी साधन आवतजावतमा पनि रोक लगाइएको छ। सो आदेशमा के बन्द र के खुल्ला भन्ने मापदण्ड पनि बनाइएको छ।
पोखरा
कोरोना संक्रमण बढेपछि वैशाख १५ गतेदेखी सवारीमा जोर विजोर प्रणाली लागु गर्ने हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय कास्कीले सोमबार साँझ आदेश जारी गर्दै अत्यावश्यक बाहेका काममा बाहिर हिँडडुल नगर्न , सभा सम्मेलन भेला निषेध गरेको छ ।
दैनिक उपभोग्य खाद्यबस्तु बिहान ५ बजेदेखी बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ भने सिनेमा हल , नाचघर , दोहोरी साँझ , बार , डिस्को,सुनचाँदी पसल , रंगशाला , जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।यस्तै रेष्टुरेण्टहरुमा विहान ८ बजेदेखी बेलुका ८ बजेसम्म टेक अवेको रुपमा सेवा प्रवाह गर्न आदेशमा भनिएको छ ।
आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने ः मुख्यमन्त्री पाण्डे लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं...
Read More
पोखरा, असोज १८ गते । नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गएका छन् । चाडपर्वसंगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको...
Read More
कमल पौडेल अथकपोखरा १६, चैत्रनेपाली लेखक संघको यही चैत्र १८ र १९ गते पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन मूल आयोजक समितिले वुधवार पोखरामा...
Read More
म्याग्दीको सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारी र पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको मनमोहक दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल
Read More