वैशाख २० गते २०७८

तत्कालका लागि जनगणना संगै गणकहरूको नतिजा पनि स्थगित

काठमाडौं,२० वैशाख । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं जनगणना तत्कालका लागि स्थगित भएको छ ।

तथ्थाङ विभागका निर्देशक ढुण्डीराज लामिछानेले कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको बताए ।

छनोट भएका सुपरिवेक्षकहरुको तालिम शुरू गर्ने भनिएको थियो तर कोरोना भाइरसको कारण तालिम स्थगन गरेको विभागले जनाएको छ । यस्तै जनगणनाका लागि मागिएका ३९ हजार गणकहरूको नतिजा पनि स्थगित गरिएको निर्देशक लामिछानेले बताए ।

जेठ २५ देखि असार ८ सम्म देशैभर जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले सबै तयारी पूरा गरेको थियो ।गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड(१९ को नयाँ भरियन्टका कारण अनिश्चितकाललाई स्थगित गरिएको हो ।