असाेज ८ गते २०७८

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि

काठमाडौं,८ असोज । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक नेताले जानकारी दिए ।