वैशाख १८ गते २०७८

भारत र अमेरिकासहित १० मुलुकको उडान संगै आन्तरिक उडान पनि बन्द गर्न सिफारिस

काठमाडौं,१८ बैशाख।

कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

नेपाल प्रेससँग कुरा गर्दै पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए । उनका अनुसार ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन ।

‘आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिती भयावह भएको निष्कर्ष रह्यो’ मन्त्री ढकालले भने ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।