समाचार

कोरोनाविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई

6 years ago Samaya Dristi 0
काठमाडौं ,१४ माघ । तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । खोप सबैलाई निःशुल्क उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा थप समाचार

घट्यो सुनको मूल्य

6 years ago Samaya Dristi 0
काठमाण्डौ, १४ माघ ।नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट थप समाचार

गण्डकी प्रदेशमा बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने

6 years ago Samaya Dristi 0
पोखरा, १३ माघ । गण्डकी प्रदेशमा बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा रोग अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने जानकारी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले दिनुभयो । पहिलो थप समाचार

कांग्रेसले आन्दोलन गर्ने

6 years ago Samaya Dristi 0
काठमाडौं १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक सकिएको छ । तीन दिनको आन्दोलनका कार्यक्रम तय गर्दै आजको बैठक सकिएको हो । दिउँसो तीन बजे बोलाइएको बैठक आन्दोलनकै विषयमा देउवा र पौडेलबीच कुरा नमिल्दा ढिला सुरु भएको थियो । अन्ततः आन्दोलन कार्यक्रमबारे दुई नेताबीच सहमति भएपछि बैठक बस्यो । दुई नेताको थप समाचार

प्रचण्ड भन्छन् ‘प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छौं’

6 years ago Samaya Dristi 0
काठमाडौं १३ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पार्टी एकताका लागि उहाँहरू जस्ता थप समाचार

आज ३ सय ३९ जना संक्रमित थपिए

6 years ago Samaya Dristi 0
काठमाडौं, १२ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त थप समाचार

नारायण वाग्ले भन्छन् तेस्रो जनआन्दोलन सुरू भयो

6 years ago Samaya Dristi 0
काठमाडौं, १२ माघ । लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएका छन्। आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हान्दा केही मानिस घाइते छन्। ‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण थप समाचार

प्रचण्ड–माधव पक्षको संघर्षका कार्यक्रमःसिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म

6 years ago Samaya Dristi 0
काठमाडौं,१२ माघ । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् ।पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनैपनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी थप समाचार

मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

6 years ago Samaya Dristi 0
काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो थप समाचार

१४ गते बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

6 years ago Samaya Dristi 0
काठमाडौँ, ११ माघ । नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिएका हुन । मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्री त्रिपाठीले खोप अभियानको शुभारम्भ बुधबार थप समाचार