माघ २६ गते २०७७
पोउवा संघमा आर्थिक ऐन र त्यसका प्रावधानबारे अन्तरक्रिया
पोखरा,२६ माघ ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताएका छन् । हरेक व्यक्तिले गर्ने आर्थिक कारोबारबारे राज्य जानकार रहेको बताउँदै उनले कर छल्न खोज्नेहरुप्रति राजश्व प्रशासन नरम बन्न नसक्ने पनि प्रष्ट पारे ।
पोखरा उद्योग वाणिज्य संघको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा सोमबार संघ तथा आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको ‘आर्थिक ऐन २०७७ ले प्रदान गरेको छुट÷सुविधालगायत करसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले कारोबार बढ्दा खर्च पनि बढ्ने भएकोले ठूलो कारोबार हुँदैमा बढी कर तिर्नुपर्छ भन्ने मान्यता राख्न नहुने बताए । आफ्नो आय–व्ययको विवरण चुस्त–दुरुस्त राख्नसके दण्ड र जरिवानाबाट बच्न सकिने र राज्यले दिएका सुविधाहरु उपभोग गर्न करदाता स्वयं सचेत बन्नुपर्नेमा उनको जोड थियो ।