फागुन १२ गते २०७७

स‌ंसदीय दलको बैठक बस्दै नेकपा प्रचण्ड–नेपाल समूह

काठमाडौं,१२ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो।