माघ २५ गते २०७७
आजबाट मौसममा सुधार
काठमाडौं,२५ माघ ।
पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो । यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने छ ।
पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा पनि हिउँ पर्दा चिसो महसुस भएको छ । पश्चिमी वायुको यो प्रभाव हटेपछि गर्मी सुरु हुने मौसमविदले बताएका छन् ।
काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ ।गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०८ डिग्री सेल्सियससम्म झरेको थियो । यो नै यस वर्षको सबैभन्दा कम तापक्रम हो ।