माघ ३० गते २०७७
फागुन २३ देखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी
काठमाडौं,३० माघ । आम सार्वसाधारणलाई सरकारले फागुन २३ देखि कोरोना खोप दिने तयारी गरेको छ । १० लाख डोज खोप भारतले अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो ।
तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए । अब थप खोप आउन निश्चित जस्तै भएको भन्दै समुदायमा जाने योजना बनाइएको छ । फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।