माघ २७ गते २०७७

वैशाख १७ गते ४ प्रदेशमा र २७ गते ३ प्रदेशमा निर्वाचन गर्ने निर्णय

काठमाडौं,२७ माघ ।

सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार पहिलो चरणमा प्रदेश नम्बर २,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुनेछ ।

त्यस्तै दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १,वागमती र कर्णालीमा हुनेछ ।सुरक्षा परिषदको निर्णयलाई मन्त्रिपरिषद बैठकले पारित गरेको हो । आजै प्रधानमन्त्रीले निर्वाचन आयोगलाई सो निर्णयबारे पनि जानकारी गराउने सम्भावना छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरि वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेको थियो ।