चैत्र ९ गते २०७७

कांग्रेस पदाधिकारीको बैठक आज

काठमाडौं ,९ चैत । कांग्रेस पदाधिकारीको बैठक आज बस्दैछ। पार्टी सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिको निर्देशनअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्‍ने तय भएको जानकारी दिए। आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू पौडेल निवास बालुवाटारमा बसेर छलफल गरेका थिए। ओलीको विकल्प खोज्‍न देउवा सक्रिय नदेखिएपछि त्यसका लागि दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको थियो। बैठकमा महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा।रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव,डा।मिनेन्द्र रिजाललगायतको सहभागिता थियो।

कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै पार्टीभित्रैबाट आवाज उठिरहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ।