असाेज २२ गते २०७९

पूर्व बिद्यार्थी मञ्चमा विष्णु प्रसाद अधिकारी


पूर्व बिद्यार्थी मञ्च, माछापुच्छ्रे मा बि (क्याम्पस) ढिकुरपोखरी, अन्नपूर्ण २, कास्की को अध्यक्षमा बिष्णु प्रसाद अधिकारी आएका छन । शुक्रबार दशैको अवसर पारेर शुभकामना आदनप्रदान सहित भएको भूपू बिद्यार्थीहरुको १७औ पुर्नमिलन तथा ७औ अधिबेशनले ३ वर्षका लागि अध्यक्ष लगायत १५ सदस्य नया कार्यसमिति छनोट गरेको छ । माछापुच्छ्रे मा बिद्यालयमा नै भएको सो कार्यक्रममा उक्त बिद्यालयमा अध्यान गरि हाल देश र बिदेशमा समेत बिभिन्न क्षेत्रमा कार्यरत भूपू बिद्यार्थी दशैको अवसरमा घरमा आएको मौका पारी पुर्नमिलन समेत भएको थियो । पूर्व बिद्यार्थी मञ्चकोे कार्यक्रममा शूभकामना मन्तब्य बिद्यालयका पूर्व बिद्यार्थी तथा जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख लोकराज भण्डारी, पूर्व प्र अ रामचन्द्र सुबेदी, मञ्चका संस्थापक अध्यक्ष गिरिधारी अधिकारी, माछापुच्छ्रे मा बि(क्याम्पस) का प्र अ घनश्याम पौडेल, अन्नपूर्ण गाउपालिका २ का वडाअध्यक्ष पिताम्बर भण्डारी, बिशिष्ठ अतिथि लोकसेवा आयोग गण्डकीका सचिव बिनोद कुवर तथा प्रमुख अतिथी सवोचर््च अदालतका उपरजिष्टार शिवहरी सुबेदी लगायतले मन्तब्य राखेका थिए । संस्थाका महासचिव रमेश भण्डारी ले सञ्चालन गरेको सो कार्यक्रमको मञ्चका अध्यक्ष गायत्री अधिकारी पराजुलीको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा नै संस्थाद्धारा सञ्चालित हाजिरी जवाफ प्रतियोगिता तथा बिभिन्न क्रियाकलावमा उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । उद्घाटन सत्र सकिए लगत्तै ४ सदस्य बिनोद कुवर , डा दिपक सुबेदी, लक्ष्मण अधिकारी र बलराम भूगाई रहेको निर्वाचन मण्डल भएको नया समिति गठन प्रक्रिया शुरु गरेको थियो । कुल १८५ जना सदस्य संख्या रहेको सो भूपू बिद्यार्थी मञ्चको आगामी ३ वर्षका लागि नेतृत्व गर्ने गने १५ सदस्य नया कार्य समिति छनोट गरिएको थियो । माछापुच्छ्रे मा बि, पूर्व बिद्यार्थी मञ्चको नया कार्यसमितिका लागि बिष्णु प्रसाद अधिकारी अध्यक्षमा छनोट भएका छन । यस्तै उपाध्यक्षमा गौरी कुमारी अधिकारी, महासचिवमा रमेशराज भण्डारी, सचिवमा हरिप्रसाद भण्डारी, कोषाध्यक्ष यम प्रसाद भण्डारी र अन्य सदस्यहरुमा क्रमश फडिन्द्र प्र अधिकारी, हरिराम भण्डारी, बिष्णु प्रसाद अधिकारी, घनश्याम पौडेल, कमला पौडेल सुबेदी, हरिप्रसाद भुगाई, गणेश भण्डारी, शोभाखर अधिकारी र गोबिन्द भण्डारी छनोट भएका छन ।
कास्की जिल्लाका उत्तर पश्चिम क्षेत्र अन्नपूर्ण गाउ पालिका २ तथा साबिकको ढिकुरपोखरी गाउपालिकामा पर्ने यो माछापुच्छ्रे मा बिद्यालय बिक्रम संवत २०२९ मा स्थापित भएको यो क्षेत्रकै एक अग्रणी शैक्षिक संस्था हो । हाल सम्म यस बिद्यालयबाट पास भई एसएलसी दिने कुल बिद्यार्थीको संख्या १३ हजार पुगेको छ । पास हुनेहरु अधिकांस शिक्षण पेशा र निजामती सेवामा कार्यरत रहेको देखिन्छ । यस्तै बैदेशिक रोजगारी र अन्य पेशा अपनायका पनि धेरै संख्यामा छन । वर्तमान समयको शहरीकरण, बैदेशिक रोजगारी र बिश्वब्यापीकरणले गाउहरु रित्तिदै जादा यस्ता शिक्षा क्षेत्रका अग्रणी संस्थाहरु गाउगाउमा बिद्यार्थी तथा अन्य साधनश्रोत र ब्यावस्थापनका कारण अप्ठारो अवस्थामा पर्दै आएका छन । बाग्लुड. पोखरा राजमार्गले छोएको भएपनि यो बिद्यालय नेपालका ग्रामिण भेकका शैक्षिक संस्थाहरुले भोग्ने यि बिबिध समस्याको चपेटाबाट भिन्न भने छैन ।