पौष २६ गते २०७९
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं, २६ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।
मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराए।
प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यसूची तय भएको जबराले सदनलाई जानकारी गराएका थिए।
आफूलाई विश्वासका मत दिन भन्दै प्रधानमन्त्री प्रचण्डले हिजो साझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यसका लागि कांग्रेस पनि सकारात्मक रहेको बताइएको छ। उसले आज विहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। त्यसपछि कांग्रेसले निर्णय गर्ने संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए।
गत पुस १० गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए।