फागुन २४ गते २०७८

महिला दिवशमा सामाजिक न्याय र समानता

राइट फोर चिल्ड्रेन पोखराले आज ११२ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा एक सचेतनामुलक कार्यक्रम गरेको छ । सामाजिक न्याय र लैडि.गक समानता, दिगो बिकासको सुनिश्चितता बिषयक कार्यक्रममा पोखरा लेकसाइड क्षेत्रका होटल ब्यावस्थापक तथा कर्मचारी ब्यावस्थापन प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा संस्थाकी तालिम संयोजक निकिता कोइरालाले नेपालमा महिला कामदारको बास्तविकता, न्यायीक तथा समानताको अवस्था र नेपालको बिद्यमान कानून बारे जानाकारी गराएकी थिइन । नेपाली समाजमा बिद्यमान महिला श्रम शोषण र त्यसको निकास तथा देशकै दोश्रो ठुलो शहर र पर्यटकिय पोखरा क्षेत्रको अवस्था बारे समेत छलफल गरिएको थियो । खासगरी १८ देखी २४ सम्मका महिलाहरुलाई बिभिन्न तालिम र जनचेतनामुलक कार्यक्रम गरिरहेको यो संस्थाले धेरै मात्रमा पर्यटकिय क्षेत्रको रोजगारीलाई लक्षित गरि बिभिन्न सिप, प्रबिधी र ट्ेकिड. गाइड सम्बन्धी तालिम समेत सञ्चालन गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सो संस्थाकी संयोजक पशुपती चौधरीले गरेकी थिइन ।