माघ २५ गते २०७७
हिउँ हटाएपछि त्रिभुवन राजपथमा गाडी चल्न थाल्यो
काठमाडौं,२५ माघ ।
सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।
मकवानपुरको सीमभञ्ज्याङको सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाण्डौबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए ।
-रासस