असाेज १८ गते २०७८

नेपाल र श्रीलंका बिचको खेल आज राति ९ः४५ बजे

काठमाडौं ,१७ असोज । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालले श्रीलंकालाई पनि पराजित गर्न सके, फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ ।

बंगलादेशसँग पहिलो खेल हारेको श्रीलंका भने पहिलो जित निकाल्ने योजनामा छ ।