कार्तिक २९ गते २०८२
गृह श्रमिकको लागि ५ दिने सिप मुलक तालिम सुरु
समय दृष्टि
पोखरा २८, कार्तिक
गृह श्रमिकको लागि ५ दिने सिप मुलक तालिम शुक्रबारवारदेखि पोखरामा सुरु भएको छ ।
नेपाल गृह श्रमिक संघ केन्द्रीय समितिको आयोजना र कास्की शाखाको ब्यबस्थापनमा सो तालिम सुरु भएको हो ।
तालिममा ३५ जना महिलाको सहभागिता रहेको संघका केन्द्रीय उपाध्यक्ष लालीमाया शर्मा रेग्मीले जानकारी दिएकी छन् । सो तालिममा बाटेको धूप लगाएतका सामग्री बनाउन सिकाइने शर्माले बताइन् । तालिम ५ दिनसम्म संचालन हुनेछ ।
महिलालाई आवस्यक पर्ने खर्चको जोहो गर्न तालिम फलदायी रहने समेत उनले बताइन् ।

तालिमको शुभारम्भ गर्दै संघका केन्द्रीय अध्यक्ष राजकली सिंह ठकुरीले महिला दिदी बहिनीको हातमा सीप आबश्यक भएको बताइन् । उनले सिप सिकेका महिला दिदी बहिनीले त्यसबाट आय आर्जन गरेर घर खर्च चलाउन सक्ने दाबी गरिन् ।
नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्माले संघले गरेका कामहरूको प्रशंसा गर्दै भाबी दिनमा पनि संस्थालाई चलायमान बनाउन आग्रह गरे ।
गृह श्रमिक संघ कास्कीका अध्यक्ष चेतमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल किसान संघका केन्द्रीय सदस्य गीता भट्टराई, ट्रेड युनियन काङ्ग्रेस प्रदेश सचिव रुद्र तिमिल्सिना, प्रदेश सदस्य शिवराज अधिकारी, रेडियो सराङ्कोटका समाचार प्रमुख कमल पौडेल अथक, ट्रेड सदस्य राजेश बुढा मगर, संघका सचिव ज्ञानु श्रेष्ठ लगायतले बोलेका थिए ।
सो अबसरमा संघलाई बेला बेलामा सहयोग गर्ने महानुभावहरुलाइ सम्मान गरिएको अध्यक्ष पंगेनीले जानकारी दिइन्।