माघ ७ गते २०७७

कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन अपील

काठमाडौं, ७ माघ ।

कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैमा अपील गरेका छन् ।

सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् । कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।