माघ ६ गते २०७७
पोखरा थिएटरले गण्डकी प्रदेश स्तरिय नाटक महोत्सव गर्ने
पोखरा, ६ माघ ।
पोखरा थिएटरले विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार भन्ने मूल नारा सहित गण्डकी प्रदेश स्तरिय विद्यालय भिडियो नाटक महोत्सव गर्ने भएको छ । पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुबीच गतवर्ष गरिएको नाटक महोत्सव यस वर्षबाट प्रदेश स्तरीय रुपमा गर्न लागिएको पोखरा थिएटरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
कोभिड–१९ का कारण यस वर्षको महोत्सव भर्चुअल माध्यमबाट गर्ने भएको छ । नाटकको लागि आवेदन खुल्ला गरिएको महोत्सव निर्देशक परिर्वतन कार्कीले जानकारी दिए । निर्देशक कार्कीको अनुसार छनोट भएका उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने र ती नाटक पोखरा थिएटरको गन्धर्व नाटक घरमा पुरस्कार बितरण संगै मञ्चन गरिने छ । उक्त नाटक थिएटरको युट्युव च्यानलमा पनि राखिने छ ।
गण्डकी प्रदेशको आर्थिक सहयोगमा गर्न लागिएको नाटक महोत्सवमा प्रथम हुनेले नगद ५० हजार र प्रमाण पत्र, द्धितिय हुनेले २५ हजार ,तृतिय हुनेले १२हजार ५०० र सान्त्वना हुनेले ५ हजार र प्रमाण पत्र पाउने छन् । नाटक मुल्याङकन समितिमा बरिष्ठ रंगकर्मी प्रकाश घिमिरे, निर्देशक तथा कलाकार माओत्से गुरुङ, अग्रज रंगकर्मी प्रमिला तुलाचन र आयोजकको तर्फ बाट महोत्सब निर्देशक परिवर्तन गरी ४ जना रहनेछन् ।
नाटक महोत्सवमा सहभागी हुन इच्छुक विद्यालयले भोली माघ ७ गतेदेखि माघ २८ गतेसम्म नाटकको भिडियो पठाइसक्नु पर्ने आयोजकले जनाएको छ । नाटकमा प्रस्तुति एकल हुनुपर्ने,नेपाली नाटक हुनुपर्ने, नेपाली भाषा वा साङकेतिक भाषाको पनि प्रयोग गर्न पाइने छ ।
त्यस्तै कुनै पनि जाति, सम्प्रदाय, धर्म , संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक लाई सहभागी गराइने छैन।
नाटकको समयावधि घटिमा १० देखि बढिमा १५ मिनेटसम्मको हुनुपर्ने , नाटकलाई भिडियो खिचेर पठाउनुपर्ने, भिडियो स्पष्ट र गुणस्तरयुक्त हुनुपर्नेछ । नाटक महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यमिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने आयोजकले बताएको छ ।
लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयम् वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने, नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्र पनि समावेश गर्नुपर्नेछ ।
यसैबीच करिब दश महिनाको बन्द पछि आज बाट थिएटर औपचारिक रुपमा संचालनमा आएको छ ।