जेठ २८ गते २०७९
मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना सवारीमात्रै चल्ने
तनहुँ , २८ जेठ ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्।
आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो।
सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।
शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुनसक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ।
सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भाँसिएकोले सडक बनाउन केही समय लाग्ने भएको हुँदा ठूला सवारीसाधन नचल्ने बताएका छन्।