वैशाख १६ गते २०८२
पोखरामा बजार अनुगमन, प्रस्र्याङको बीगमार्टमा थुप्रै म्याद गुज्रेका सामान, चना र पीठोमा स्याउँस्याउँति किरा
कमल पौडेल अथक
पोखरा १६, वैशाख
पोखरा ५ प्रस्र्याङमा रहेको बीगमार्टले थुप्रै म्याद गुर्जेका सामान विक्री गरेर उपभोक्ता माथि चरम ठगी गरेको फेला परेको छ । सुमनवहादुर थापाको नाममा रहेको सो बीगमार्टले कुहिएका सामान प्याक गर्दै उपभोक्तामाथि ठगी गरेको फेला परेको हो ।
पसलले म्याज गुर्जेका र कुहिएका सामान प्याक गरि उपभोक्तामाथि ठगी गर्दै आएको गुनासो आएपछि सोमवार वजार अनुगमन समितिले सो पसलमा छापा मारेको हो ।
समितिले सो पसलवाट १६ किलो वढी चना, १५ किलो वढी आटा, म्याद गुज्रेको भेज मःम २० प्याकेट, ७०० ग्राम खुर्सानीको धुलो खोस्टा लगायतका थुप्रै खाद्य पदार्थ कुहिएको भएपनि विक्री स्टलमा नै राखेर विक्री गरेको फेला पारेको छ ।
ती वस्तुमा लेवल नभएको र स्याउँस्याउँति किरा परेको फेला परेपछि समितिले पसलमा भएका विक्रेताहरुको रोहवरमा नष्ट गरेको छ । पसलको नाममा पनि ठगी गरेको फेला परेको छ । बीगमाट नाम दिएको सो पसल मेघामार्ट भन्दै सुमनवहादुर थापाको नाममा रहेको फेला परेको छ ।
समितिले सो पसललाई आगामी दिनमा यस्ता कैफियत सामान विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ । आगामी दिनमा फेरि उपभोक्तालाई यस्तै सडेगलेका खाद्य पदार्थ विक्री गरेमा कडा भन्दा कडा कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन् ।
साथै सो पसलका सञ्चालक सुमनवहादुर थापालाई ७ दिन भित्र सम्पूर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ ।
यसैगरी अनुगमन समितिले पोखराको चिप्लेढुंगा स्थित मुनाल स्टोरमा पनि अनुगमन गरेको छ । सो पसलमा पनि २ प्याक कुशन पाउरोटी, एक प्याक नरिवल बरामद गरी नष्ट गरेको छ । कल्पनाकुमारी थापाको नाममा रहेको सो स्टोर्स विष्कुटको एमआरपी भन्दा वढी मूल्यमा विक्री गरेको भन्दै स्याम्पल कलेक्सन गरेको छ । उक्त पसललाई पनि सम्र्पूण कागजपत्र सहित ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ । उपभोक्तामाथि भएको खेलवाड वारे उपभोक्ताको स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाउने अधिकार अन्तर्गत कारवाही हुने समितिले जानकारी दिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अगुवाईमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा घरेलु कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्ता मञ्च कास्की, पोखरा महानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।