मंसिर २७ गते २०८१

फोटो प्रतियोगिताको देशै भरि प्रचार सुरु

मंसिर २६,पोखरा
फोटोग्राफरहरुको दक्षता प्रर्दशन तथा हौशला प्रदान गर्नका लागी आयोजना गरिएको केपिए बेडिङ फाृ्ेटो अवार्डको देशै भरि प्रचार प्रसार चलिरहेको छ । काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ को प्रचार प्रसारको क्रममा एक टोली देश दौडाहा रहेको कुरा कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेले बताए । यसै क्रममा पोखरा आइपुगेको टोलीले अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्। फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि मा गुगलफर्म भर्नुपर्ने भनि संस्थाका अध्यक्ष हरिप्रसाद घिमिरेले पोखरामा आयोजित क्याम्पेनिङ कार्यक्रममा बताएका छन्। अवार्डमा बिशेष गरि मूख्य बिधा बिवाह फोटोग्राफीमा टप १०० र प्रि एण्ड पोष्ट वेडिङ फोटो मा उत्कृष्ट २० र भिडियो ट्रिजर वाट १ गरि कुल १२० फोटो र १ भिडियो फोटो सामाजिक संजालमा तथा पौष १३ गते प्रदर्शन गरिने कुरा संस्थाका सचिव रेशमराज पण्डितले बताए । अवार्डमा पहिलो बिधामा उत्कृष्टलाई एक मिरर लेस डिएसएलआर क्यामरा प्रदान गरिने र अन्य उत्कृष्ट १० लाई ट्रफि र मेडल,प्रमाणपत्रले सम्मान गरिने कुरा संयोजक घिमिरेले बताए।
पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष नारायण बहादुर के।सी ले स्वागत,कार्यक्रमका बारेमा संयोजक आनन्द प्रभाकर घिमिरे, बिस्तृत रुपमा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरे ले बोलेका थिए भने फोखराफोटोग्राफर संघका सचिव लक्ष्मिपति पौडेलले संचालन गरेका थिए । उक्त टोली तनहुं,पोखरा,स्याङजा,पाल्पा,रुपन्देही,कपिलबस्तु,दाङ,सुर्खेत,नवलपरासी,नवलपुर,चितवन हुंदै काठमाडौं फकिनेकुरा कार्य समिति सदस्य कालिका प्रसाद रिमालले बताए ।