समाचार

हंशबाहिनी मा.वि.को ६१ औं वार्षिकोत्सव सम्पन्न

5 years ago Samaya Dristi 0
तनहुँ, ४ माघ । शुक्लागण्डकी नगरपालिका वडा नं २ तनहुँस्थित हंशबाहिनी माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव एवम् ४९ औं अभिभावक दिवस विभिन्न कार्यक्रमकाबीच शनिवार सम्पन्न भएको छ ।अभिभावक दिवस एवम् वार्षिकोत्सवका अवसरमा २०७६ को वार्षिक परीक्षामा कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै विभिन्न विधामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो थप समाचार

सन् २०२१ अझ कठिन हुने देखिन्छ :डब्ल्यूएचओ

5 years ago Samaya Dristi 0
पोखरा, ४ माघ । नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। कोरोनाको नयाँ प्रजाति पुरोनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेको हो।बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको थप समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ माघ । सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा ती मुद्दामाथि सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने टुंगो लगाएको थियो । सोही थप समाचार

याम्दीमा जीप दुर्घटना दुईको मृत्यु, सात घाइते

5 years ago Samaya Dristi 0
पोखरा, ४ माघ । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।बा२च ७४१० नम्बरको जीप याम्दीमा दुर्घटना हुँदा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र थप समाचार

मोबाइल फुल चार्ज १९ मिनेटमा

5 years ago Samaya Dristi 0
काठमाडौं,३ पुष । प्रविधिको क्षेत्रमा समयसँगै निकै तीव्र रुपमा आविष्कारका गतिविधि भइरहेका छन् । यसै क्रममा चीनको लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले समेत फास्ट चार्जिङ तथा वायरलेस चार्जिङ प्रविधिमा केन्द्रीत भएर नयाँ खोज तथा आविष्कार गरिरहेको छ । कम्पनीले चाँडै नै ८० वाट वायरलेस फास्ट चार्जिङ प्रविधि प्रयोगकर्तामाझ ल्याउने तयारीमा छ । जुन आगामी दिनमा थप समाचार

नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण

5 years ago Samaya Dristi 0
काठमाडौं,३ पुष । सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ । सार्वजनिक भएको २४ घण्टामै एन्ड्रोइडमा एपको डाउनलोड संख्या एक लाख १० हजार नाघेको छ । शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या शनिबार बिहान मात्र १० हजार कटेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको एप डेभलपर टोलीले शनिबार बेलुका थप समाचार

प्रचण्ड- माधवलाई ओलीको आह्वान -‘सूर्य’ चाहिए पार्टीको बैठकमा आउनुस्

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ चाहिएको भए पार्टीको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । नेकपा ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा गएर हामी यहाँ छौँ भन्दैमा आधिकारिकता नपाइने बताए । जीवनमा थप समाचार

‘कोभिसिल्ड’ खोपलाई नेपालमा अनुमति

5 years ago Samaya Dristi 0
काठमाडौं, २ माघ । कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि सरकारले नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको आज बसेको बैठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता थप समाचार

पत्रकार महासंघमा समय दृष्टिका सम्पादक पौडेल सहित एक दर्जन पत्रकार सम्मानित एवं पुरस्कृत

5 years ago Samaya Dristi 0
पोखरा, २ माघ । नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । महासंघले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो सम्मान गरिएको हो । जसमा अग्रज पत्रकार नारायण थप समाचार

नेपाली कांग्रेसले माघ ३ गते देशभर विरोध प्रदर्शन गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, २ माघ । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध माघ ३ गते शनिबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका छन् । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय थप समाचार