माघ १८ गते २०७७

कुष्ठरोग निवारणमा गण्डकी प्रदेशको प्रगति सन्तोषजनक


कमल पौडेल अथक

पोखरा १८, माघ
कुष्ठरोग निवारणमा गण्डकी प्रदेशको प्रगति सन्तोषजनक रहेको स्वास्थ्यकर्मीहरुले दावी गरेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीद्धारा शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा वोल्ने स्वास्थ्यकर्मीहरुले सो दावी गरेका हुन् ।
गत आर्थिक वर्षको अन्त्यमा प्रति १० हजार जनसंख्यामा गण्डकीको ०.४० प्रिभिलेन्स दर रहेको छ । हाल नेपालको प्रिभिलेन्स दर ०.६९ प्रतिशत रहेको कुष्ठरोग विशेषज्ञ रमेश शर्माले जानकारी दिएका छन् ।
गत आर्थिक वर्षमा नेपालमा ८ सय ५३ जना कुष्ठरोगका विरामी पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । कुष्ठरोगका विरामीलाई एक डोज औषधि दिने वित्तिकै ९० प्रतिशत रोग निदान तर्फ जाने उनले वताए ।
यो रोगको सर्ने दर अत्यन्तै न्यून भएको उनले वताए । यो रोग लागेका विरामीलाइ विगतमा हेयभावले हेर्ने गरिएको भएपनि अहिले विस्तारै परिवर्तन आएको वताए । माइक्रो व्याक्टेरियम लेप्रे नामक शुक्ष्म जिबाणुको कारण यो रोग सर्दछ ।
यो रोग लाग्दा छालामा दाग देखिने र समयमा उपचार नभए अंगभंग समेत हुने स्वास्थ्यकर्मीहरुले वताए ।