माघ ६ गते २०७७

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, ६ माघ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० रूपैयाँ र ९३ रूपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।