माघ २ गते २०७७
नेपाली कांग्रेसले माघ ३ गते देशभर विरोध प्रदर्शन गर्ने
काठमाडौं, २ माघ ।
नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध माघ ३ गते शनिबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका छन् ।
पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ ।