पौष २६ गते २०७९
कलाकारलाई चुनावको रन्को
काठमाडौं, २६ पुस ।
देशमा भर्खर संघीय र प्रदेश सभाको चुनाव सकिएको छ । राष्ट्रपतिदेखि सभामुखसम्म को बन्ने भन्ने रस्साकस्सी सत्ताधारी पार्टीबीच चलिरहँदा नेपाली फिल्म क्षेत्रमा भने चुनावी सरगम बढेको छ । आगामी चैत महिनासम्ममा नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । यतिबेला चर्चा भने कलाकार संघको चुनावलाई लिएर नै छ ।
अघिल्लो साता कलाकार संघको कार्यसमिति बैठकले आगामी चैत ४ गतेलाई महाधिवेशनको मिति घोषणा गरेपछि अध्यक्षसहित विभिन्न पदमा कलाकारहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । अध्यक्ष पदमा बढ्दो आकांक्षीका कारण यसपटक कलाकार संघको चुनाव निकै रोचक हुने देखिएको छ । अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष पदमा मात्र पाँचजना आकांक्षी देखिएका छन् ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रविन्द्र खड्का, महिला उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष तथा संघका प्रवक्ता मोहन निरौला, सुशान्तकुमार श्रेष्ठ र सविन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । तर, कलाकार संघको चुनावमा प्रायः पार्टीगत कित्ताकाँट हुने गरेकाले यी अनुहार उम्मेदवारी दर्ताको समयसम्म घोषणा गरेको पदमा यथावत् रहन्छन् भन्नेमा शंका पनि उतिक्कै उब्जिएको छ ।