पौष २६ गते २०७७

संसद पुनर्स्थापना हुनै सक्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ,२६ पुष ।

राष्ट्रियसभाको बैठकमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकांश समय संसद विघटन गर्नुको औचित्य र अन्य पक्षले संसदीय परम्पराको अवमूल्यन गरेको भन्दै आरोप लगाएका छन्।

उनले नेकपाभित्रको विवाद र आफूले चालेका कदमहरु उपयुक्त भएको जिकिर गरेर राष्ट्रिय सभामा आफ्नो सम्बोधन कायम राखेका थिए।

कार्की ब्याङ्वेटमा केही मानिसहरु भेला भएर नेकपामा आफूले बहुमत ल्याएको भन्दै तमासा गरेको उनले बताएका छन्।