भाद्र १५ गते २०७८
कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला, अझ बढी सङ्क्रामक रहेको आशंका
काठमाडौं,१५ भदौ । कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ ।
दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो ।
वैज्ञानिकहरुले भाइरसको यो भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट हुनसक्ने बताएका छन् ।