पौष २५ गते २०७९

दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न

पोखरा, २५ पुस ।

स्याङ्जा फेदीखोला गाउँपालिकाले ‘कृषि व्यवसायिकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न गरेको छ । १ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपंक्षी फर्मको सहभागिता रहेको उक्त मेलामा उत्कृष्टताको आधारमा ६० जनालाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा जरे तथा गाने बाली समूह, फूल तथा पाते समूह, फल समूहको तरकारी बाली, मसला बाली समूह, लहरेबाली समूह, नगदेबाली समूह, फलफूल समूह, गँड्यौली मल, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समूह, गाई भैँसी समूह र पंक्षी समूह गरी १२ वटा विधामा प्रतिष्पर्धा भएको थियो । एकीकृत कृषि तथा पशुपंक्षी फर्म अन्तर्गत ४ वटा विधा ९एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समूह, गाई भैँसी समूह र पंक्षी समूह० मा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना २ जनालाई ३÷३ हजारको दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।