माघ २६ गते २०७७
अतिरिक्त जोखिम भक्ता नपाएको भन्दै मातृशिशु अस्पतालका स्वास्यकर्मी आन्दोलित
कमल पौडेल अथक
पोखरा २६, माघ
पोखरा महानगरपालिका १६ बाटुलेचौरमा अवस्थित मातृशिशु मितेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आइतवारदेखि आन्दोलित भएका छन् ।
कोरोनाको समयमा सरकारको निर्देशन अनुसार सवै अस्पतालहरुले अतिरिक्त जोखिम भक्ता दिएको भएपनि सो अस्पतालले अहिलेसम्म नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले आइतवारदेखि हातमा कालो पट्टी वाँधेर विरोध प्रर्दशन गरेका छन् ।
साथै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा पुस्कर पौडेललाई ज्ञापन पत्र समेत पेश गरेका छन् । जोखिम भत्ताको माग गर्दैै २५ गतेदेखि २७ गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यसपछि पनि मागको सुनुवाई नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने कर्मचारीहरुले जानकारी दिएका छन् ।