माघ १६ गते २०७७

ओली पक्षद्धारा निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न आग्रह

काठमाण्डौ, १६ माघ ।

निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो ।

नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै दल दर्ता, चुनावको तयारीलगायतका काम अगाडि बढाउन आयोगलाई आग्रह गरेको हो ।

निर्वाचन आयोगले शुक्रबार (आज) छलफलका लागि नेकपाको ओली र प्रचण्ड–नेपाल पक्षलाई बोलाएको थियो ।

यसअघि छलफलमा पुगेका प्रचण्ड–नेपाल समूहका नेताले भने केही दिनको समय मागेर फर्किएका थिए । सरकारले आउँदो वैशाख १७ र २७ गते गरि दुई चरणमा चुनावको मिति तोकेको छ ।