मुख्य समाचार

2 years ago Samaya Dristi Comments Off on
पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत २८ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१ वाट दीपेन्द्र श्रेष्ठ र कमला रानामगर पुरस्कृत भएका छन् । पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता सफल व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले फेटा, दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ थप समाचार

आज नाग पञ्चमी

2 years ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी
२५ साउन ,पोखरा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइयो । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरामा पनि काँहुखोला स्थित कमलपोखरीमा भक्तजनहरुको भिड लाग्ने थप समाचार

पोखरा महानगरपालिकामा चरम बेथिति, अख्तियारले डामेका अस्थायी करार कर्मचारीलाई धमाधम बढुवा र स्थायी गर्ने तयारी

2 years ago Samaya Dristi Comments Off on पोखरा महानगरपालिकामा चरम बेथिति, अख्तियारले डामेका अस्थायी करार कर्मचारीलाई धमाधम बढुवा र स्थायी गर्ने तयारी
कमल पौडेल अथक पोखरा २४, साउन पछिल्लो समयमा पोखरा महानगरपालिका भित्र अस्थायी करार कर्मचारीलाई धमाधम स्थायी गरिएको छ । विधि र प्रक्रिया अपनाएर कर्मचारी बढुवा र स्थायी पर्नेमा महानगरपालिकाले विगतमा राजनीतिक सोर्सफोर्स लगाएर तिनका आफन्त र आसेपासेको ज्याकफोर्समा टीको लगाएर भर्ति गरिएका कर्मचारी र सुरक्षाकर्मीलाई धमाधम स्थायी गरिएको हो । यसरी स्थायी हुने कतिपय रुपवाला, थप समाचार

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटनाग्रस्त,चार जनाको मृत्यु

2 years ago Samaya Dristi Comments Off on एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटनाग्रस्त,चार जनाको मृत्यु
पोखरा, २३ साउन २०८१ रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर क्षेत्रस्थित शिवपुरी डाँडामा दुर्घटनामा परेको पुष्टि भएको हो । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाकाले थप समाचार

नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सम्पन्न

2 years ago Samaya Dristi Comments Off on नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सम्पन्न
२० साउन ,सुर्खेत नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सुर्खेतको बिरेन्द्रनगरमा शनिवार सम्पन्न भएको छ । पूृर्ण बैठकले नेपाल फोटोग्राफर संघको हालै दर्ता भएको बिधान अनुमोदन गर्नुको साथै उक्त बिधानमा भएका कमीकमजोरी बारे छलफल गरेको थियो । सोही बैठकले महासंघलाई सक्रिय सुचारु गराउन र महासंघको उद्येश्य बमोजिम कार्यक्रम गर्न बिबिध विषयमा निर्णय गर्नुको साथै संस्थाका थप समाचार

सिद्दार्थ क्लब पोखराको अध्यक्षमा देवेन्द्र

2 years ago Samaya Dristi Comments Off on सिद्दार्थ क्लब पोखराको अध्यक्षमा देवेन्द्र
  कमल पौडेल अथक पोखरा १९ साउन सिद्दार्थ क्लब पोखराको साधारण सभा तथा अधिबेशनले अध्यक्षमा देवेन्द्र पराजुलीलाई चयन गरेको छ । क्लबको ३९औं स्थापना दिवसको अबसरमा अध्यक्ष पराजुली सहित नयाँ निर्बाचित पदाधिकारी तथा सदस्यको शनिबार पदस्थापन गरिएको हो । अध्यक्ष पराजुली २०५८ सालमा सिद्दार्थ क्लबको साधारण सदस्यता लिइ कार्यसमिति सदस्य, कोषाध्यक्ष र प्रथम उपाध्यक्ष हुँदै थप समाचार

पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भातरको कन्याकुमारी प्रस्थान

2 years ago Samaya Dristi Comments Off on पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भातरको कन्याकुमारी प्रस्थान
  पोखरा, १७ साउन पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका नि प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका थप समाचार

फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा
श्रावण १५,पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै
पोखरा साउन १४, २०८१ पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ ।एलपी देवकोटा इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो थप समाचार

पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ

2 years ago Samaya Dristi Comments Off on पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ
  पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त घटनाको बिषयमा हाल थप समाचार