श्रावण २२ गते २०८१
नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सम्पन्न
२० साउन ,सुर्खेत
नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सुर्खेतको बिरेन्द्रनगरमा शनिवार सम्पन्न भएको छ । पूृर्ण बैठकले नेपाल फोटोग्राफर संघको हालै दर्ता भएको बिधान अनुमोदन गर्नुको साथै उक्त बिधानमा भएका कमीकमजोरी बारे छलफल गरेको थियो । सोही बैठकले महासंघलाई सक्रिय सुचारु गराउन र महासंघको उद्येश्य बमोजिम कार्यक्रम गर्न बिबिध विषयमा निर्णय गर्नुको साथै संस्थाका आर्थिक उपसमिति र बिधान संसोधन समिति समेत गठन गरेकोे थियो ।
सुर्खेतमा भएको नेपालका बिभिन्न जिल्लाका फोटोग्राफर संघका प्रतिनिधी तथा प्रदेश प्रतिनिधी र केन्दिय तदर्थ समितिका प्रतिनिधीहरुको बृहत भेलाले महासंघलाई नेपालका ७७ वटा जिल्लामा संस्थागत गठन एवं महासंघमा ऐक्यबद्धता गराउने छलफल भएको थियो ।
नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले नेपालभर छरिएर रहेका फोटोग्राफरहरुलाई एकै सुत्रमा बाध्ने र फोटोग्राफरको हितका लागि ब्यवसायिक दक्षता बृद्धि गर्नेबारेका बिभिन्न प्रस्तावहरु पेश गरेका थिए । कार्यक्रममा बिभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधीहरुले आआफ्नो जिल्ला गतिबिधी साथै महासंघको बिकासबारे धारणा ब्यक्त गरेका थिए । सोहि अवसरमा नेपाल फोटोग्राफर महासंघको लागि बिभिन्न अक्षयकोषहरुको घोषणा गरिएको थियो । कार्यक्रममा सुर्खेत फोटोग्राफर समितिको तर्फबाट रु ५० हजार, बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलबाट रु १० हजार, बर्दिया फोटोग्राफर संघका अध्यक्ष निलकण्ठ गौतमबाट रु ५ हजार महासंघका लागि आर्थिक सहयोग प्रदान गरेका थिए । यसैगरी फोटोग्राफरहरुको हक हित तथा बृतबिकासका लागि महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले आफ्नो बुबाको नाममा रु ५० हजारको अक्षयकोषको स्थापना गरेका थिए । सोही समारोहमा दाड. उद्योग बाणिञ्य संघका अध्यक्ष तथा महासंघका उपाध्यक्ष बसन्त जोशीले आफनो बुबाको नाममा रु २५ हजार, केन्द्रिय सदस्य कालिका प्रसाद रिमालले पनि आफ्नो बुबाको नाममा रु २५ हजारको अक्षयकोषको स्थापना गरेका थिए । लुम्बिनी फोटोग्राफर संघले लिखिराम चौधरीको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो ।
कार्यक्रममा केन्द्रिय सल्लाहकार तथा सुर्खेत फोटोग्राफर समितीका पूर्व अध्यक्ष बसन्त कुमार थापा,केन्द्रिय सचिव गणेश दंगाल, कार्यक्रममा स्थानिय ब्यवस्थापन तथा कर्णाली प्रदेश संयोजक तथा महासंघ उपाध्यक्ष बिष्णु भुषाल, सुदुर पश्चिम संयोजक तथा उपाध्यक्ष भूवन जोशी, लुम्बिनी प्रदेशका संयोजक तथा उपाध्यक्ष बसन्त जोशी, गण्डकी प्रदेश अध्यक्ष तथा महासंघ उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्थानिय ब्यवस्थापन समिति तथा सुर्र्खेत फोटोग्राफर समिति पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य केशर बहादुर थापाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन महासंघका महासचिव डिगम्बर राजबंशीले गरेका थिए ।