श्रावण १९ गते २०८१
सिद्दार्थ क्लब पोखराको अध्यक्षमा देवेन्द्र
कमल पौडेल अथक
पोखरा १९ साउन
सिद्दार्थ क्लब पोखराको साधारण सभा तथा अधिबेशनले अध्यक्षमा देवेन्द्र पराजुलीलाई चयन गरेको छ । क्लबको ३९औं स्थापना दिवसको अबसरमा अध्यक्ष पराजुली सहित नयाँ निर्बाचित पदाधिकारी तथा सदस्यको शनिबार पदस्थापन गरिएको हो ।
अध्यक्ष पराजुली २०५८ सालमा सिद्दार्थ क्लबको साधारण सदस्यता लिइ कार्यसमिति सदस्य, कोषाध्यक्ष र प्रथम उपाध्यक्ष हुँदै अहिले सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् । उनले शनिबार नै संस्थाको बिधान अनुसार सपथ ग्रहण गरेका छन् !
संस्थाको प्रथम उपाध्यक्षमा सुनील श्रेष्ठ, द्दितीय उपाध्यक्षमा नवराज गोठाजू , निर्देशकमा रामनारायण श्रेष्ठ, सचिवमा प्रमोद नारायण श्रेष्ठ, सहसचिवमा योजना मर्सानी र सदस्यमा जमुना मर्सानी चयन भएका छन् ।
सो अबसरमा बोल्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय तह सँग हातेमालो गरेर क्लबले काम गर्नुपर्ने बताए । उनले स्वरोजगार सिर्जना गर्ने काममा सबैले चासो राख्नुपर्ने बताए ।
सो अबसरमा एसइई उत्तीर्ण क्लबका सन्ततिलाई सम्मान गरेको छ । क्लबले एम्बुलेन्स संचालन, छात्रवृत्ति प्रदान, बेला बखत रक्तदान, सरसफाइ तथा विविध चेतनामूलक कार्यक्रम गर्दै आएको छ । सो अबसरमा सिद्दार्थ मुखपत्र बिमोचन गरिएको थियो ।
क्लबका अध्यक्ष इन्दिरा मर्सानीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्दाचार्य, निर्वाचन संयोजक रबी मर्सानी सचिब बिनोदप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।