साउन,पोखरा फेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास भैरहेको छ ।
प्रत्येक दिन आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको घुँइचो नै लागीरहेको हुन्छ यस ठाउँमा । यहिले को समय साउन महिना भएकोले त झनै धार्मिक पर्यटकहरुको चाप बढेको पाइएको छ । प्रत्येक सोमवार धर्माबलम्वीहरुको घुँइचो लाग्ने गरेको छ । पुम्दीकोटबाट पोखरा उपत्यका, छिमेकी जिल्लासहितका विभिन्न भूभाग, हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
मूर्ति स्थापनाभन्दा यसअघि नै त्यहाँ भ्यूटावर समेत भएकाले मानिसहरुको आवतजावत भइरहने स्थान भएपनि हाल महादेवको मूर्ति निर्माणसँगै धार्मीक पर्यटकको आवतजावत बढ्दै गइरहेको छ । पुम्दीकोट पोखराको छोरेपाटनबाट करिव ९ किलोमिटर दुरीमा रहेको छ ।
स्थानीयका अनुसार महादेव मूर्ति स्थापनासँगै आम्दानीमा वृद्धि भएको बताए । सुनसानप्रायः हुने गरेको पुम्दीकोटमा महादेव मूर्तिले कायापलट गरेको बताएका छन् । अहिले प्रशस्त होटल, रेस्टुरेन्ट बन्ने क्रममा छन् र स्थानीय उत्पादन गाउँमै खपत हुने गरेको छ, युवाहरु ‘व्यवसाय सुरु गर्न लालायित भएको पाइएको छ ।
रमेश तिमल्सिना फागुन-२७, पोखरा । लिला राईको उपचारको लागि संकलित रकम बिरामीलाई हस्तान्तरण गरिएको छ । देश तथा विदेशमा रहनु हुने ब्यक्तिहरु बाट दश लाख सत्तरी हजार रकम संकलन...
Read More
काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत...
Read More
काठमाडौं,१२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको...
Read More
पोखरा । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति...
Read More