साउन,पोखरा फेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास भैरहेको छ ।
प्रत्येक दिन आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको घुँइचो नै लागीरहेको हुन्छ यस ठाउँमा । यहिले को समय साउन महिना भएकोले त झनै धार्मिक पर्यटकहरुको चाप बढेको पाइएको छ । प्रत्येक सोमवार धर्माबलम्वीहरुको घुँइचो लाग्ने गरेको छ । पुम्दीकोटबाट पोखरा उपत्यका, छिमेकी जिल्लासहितका विभिन्न भूभाग, हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
मूर्ति स्थापनाभन्दा यसअघि नै त्यहाँ भ्यूटावर समेत भएकाले मानिसहरुको आवतजावत भइरहने स्थान भएपनि हाल महादेवको मूर्ति निर्माणसँगै धार्मीक पर्यटकको आवतजावत बढ्दै गइरहेको छ । पुम्दीकोट पोखराको छोरेपाटनबाट करिव ९ किलोमिटर दुरीमा रहेको छ ।
स्थानीयका अनुसार महादेव मूर्ति स्थापनासँगै आम्दानीमा वृद्धि भएको बताए । सुनसानप्रायः हुने गरेको पुम्दीकोटमा महादेव मूर्तिले कायापलट गरेको बताएका छन् । अहिले प्रशस्त होटल, रेस्टुरेन्ट बन्ने क्रममा छन् र स्थानीय उत्पादन गाउँमै खपत हुने गरेको छ, युवाहरु ‘व्यवसाय सुरु गर्न लालायित भएको पाइएको छ ।
३ असार ,पोखरा आज असार ३ गते बकर ईद उल अजहा नामले विश्वभरिका ईस्लाम समुदायले यस वर्षको बकर इद पर्व धुमधामका साथ मनाएका छन । पोखराको मिया पाटनमा पनि...
Read More
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नया अध्यक्षमा भक्त तामाड। निर्वाचित भएका छन । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले उद्घाटन गरेको पोखरा फोटोग्राफर संघको ४३ औसाधारण सभा...
Read More
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाकालीन सोचका कर्मचारीको कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष...
Read More
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले...
Read More