श्रावण १३ गते २०८१

पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ

 

पोखरा १३, साउन,

पोखरामा पत्रकारलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त घटनाको बिषयमा हाल सर्वत्र बिरोध भएको छ ।

पत्रकार माथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा गोरखा भच्चेक घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने ३३ बर्षका बुद्धि बहादुर बयलकोटी पोखरा ९ शान्तिबन बस्ने ४१ बर्षका सुर्य बहादुर नेपाली ट्याक्सी चालक, पोखरा १६ लामाचौर बस्ने बर्ष १६ का प्रशान गुरुङ ९बसको सहचालक० र लम्जुङ सुन्दरबजार नगरपालिका १ कुन्छा घर भई हाल पोखरा ५ जिरो बस्ने २८ बर्षका ट्याक्सी चालक० सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गर्नु भएको थियो । भने विनुको क्यामरा समेत खोस्ने प्रयास समेत गरेका थिए । उक्त घटनाको बिषयमा नेपाल पत्रकार महासंघ कास्कीले घोर निन्दा र भर्त्सना गरेको छ । पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै गरिएको दुर्व्यवहार र कुटपिट प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर रहेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ’बिनु’ र सञ्चारकर्मी सुरज थापालाई आज साउन १३ गते पोखराको पृथ्वीचोकमा भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनसँग नेपाल पत्रकार महासंघ कास्की जोडदार माग गरेको सचिव माधव बरालले बताउनु भयो । पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन ध्यानाकर्षण समेत गराएको छ ।