समाचार

खुल्यो नेपाली सेनामा भर्ना

6 years ago Samaya Dristi 0
काठमाडौं,२१ पुस । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो । सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त थप समाचार

मौसममा सामान्य बदली कही वर्षा कही हिमपात

6 years ago Samaya Dristi 0
पोखरा,२१ पौष । देशमा पश्चिमी वायुको प्रभाव रहेसंगै आज दिउँसो देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने थप समाचार

पोखरेल र गुरुङलाई प्रचण्ड–माधव समूहले प्रदेश इञ्चार्जबाट हटायो

6 years ago Samaya Dristi 0
काठमाडौं,२० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ लाई हटाउने निर्णय गरेको छ । पेरिसडाँडामा सोमबार बसेको स्थायी समितिको बैठकले गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई र पोखरेललाई हटाएर उनको स्थानमा युवराज ज्ञावलीलाई जिम्मेवारी दिएको हो । यस्तै, सहइञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर थप समाचार

फागुन तेश्रो साता देखि आठौं पर्वतीय खेलकूद महोत्सव गर्ने तयारी

6 years ago Samaya Dristi 0
पोखरा २०, पुष आगामी फागुन तेश्रो साता देखि गण्डकी प्रदेशमा आठौं संस्करणको पर्वतीय खेलकूद महोत्सव हुने भएको छ । कोरोनाको कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन २० गते देखि गण्डकी प्रदेशमा नहुने भए पछि उक्त मितिमा माउन्टेन स्पोर्टस फेडेरेशन (महासंघ) को आयोजनामा पर्वतीय खेलकूद महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थप समाचार

शबबहान खरिदका लागी ४० लाख सहयोग संकलन

6 years ago Samaya Dristi 0
पोखरा,२० पुष । नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत हालसम्म ४० लाख रुपैंया संकलन भएको छ । अभियान अन्र्तगत सोमबार पोखरा २६ को बुढिबजारमा आयोजित ११ औं श्रृङखलाको कार्यक्रममा करिब २ लाख रुपैंया संकलन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समोन्वय समिति कास्कीका संयोजक बैन बहादुर थप समाचार

संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलनलाई जोड दिने

6 years ago Samaya Dristi 0
पोखरा,२० पुष ।पोखराको नयाबजारमा रहेको प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सरकार गठन संगै गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्धारा सञ्चालित प्रदेश संग्रहालयको प्रवद्र्धनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो । पोखरामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी संग्रहालय शैक्षिक कार्यक्रम र थप समाचार

एनआरएनएको विवाद उत्कर्षमा

6 years ago Samaya Dristi 0
काठमाडौं, २० पुष ।विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ ।संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष अधिवेशन आह्वान थप समाचार

बिकास बाहेक कुनै सपना छैन – सांसद पहारी

6 years ago Samaya Dristi 0
पोखरा ,२० पुस । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारिले पोखरा महानगर वडा न ६ स्थित नहरमार्ग ढलान बाटो सोमबार शिलान्यास गरेका छ्न। उनले बिश्वको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिगार्नु पर्ने भन्दै त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि परेको बताए। पहारिले गुणस्तरिय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानियलाई आग्रह गरे। उनले बिकास बाहेक थप समाचार

गण्डकी प्रदेशमा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी

6 years ago Samaya Dristi 0
पोखरा २०, पुष । गण्डकी प्रदेशमा आगामी तीन महिना पछि अर्थात मार्च महिनामा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रको सहकार्यमा संघिय सरकारको सहयोगमा आगामी मार्च महिनामा पहिलो चरणमा राहत स्वरुप कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिम बहादुर खड्काले बताए । गण्डकी प्रदेशको राजधानि पोखराबाट थप समाचार

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा मनोनयन दर्ता, अध्यक्षमा कोइराला बीच कोइराला कै भीडन्त, वरिष्ट उपाध्यक्षमा पवन निर्बिरोध

6 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा २०, पुस पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि नारायण कोइराला र बिन्दु कोइराला सुवेदीले अध्यक्षमा मनोनय दर्ता गराएका छन् ।संघको ३३ औं महाधिवेशनमा नारायण कोइरालाको प्यानलमा वरिष्ठ उपाध्यक्षतर्फ पवनकुमार प्रजापति र वाणिज्यअन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङले उम्मेदवारी दिएकी छिन् ।यसैगरी, महासचिव, थप समाचार