समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय नाघ्यो

6 years ago Samaya Dristi 0
पोखरा, २३ पुष ।नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय नाघेको छ । बिहीबार थप चार जनाको मृत्यु भएसँग कोरोना सङक्रणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो चौबीस घण्टामा देशभर थप चार सय १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थप समाचार

अहिलेको समस्या ओलीको व्यवहारको कारण हो: वामदेब गौतम

6 years ago Samaya Dristi 0
काठमाडौं, २३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताउनुभयो । प्रधानमन्त्रीको ठांउमा म भएको थप समाचार

पोखरा उद्योग वाणिज्य संघको स्वतन्त्र उम्मेदवार सुदिप घरदैलोमा

6 years ago Samaya Dristi 0
पोखरा,२३ पुष ।पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यति बेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीहरुले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् । पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले सम्म उनले घरदैलो थप समाचार

मुक्तिनाथ दर्शनका लागि खुला

6 years ago Samaya Dristi 0
पोखरा, २२ पुस । कोरोनाको कारण बन्द रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथ १० महिनापछि संचालनमा आएको छ । गत वर्ष चैतदेखि बन्द हुँदैआएको मुक्तिनाथ भक्तजनका लागि खुला गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले मुस्ताङी सहयोगले मुक्तिनाथधाम दर्शनका लागि खुला भएको बताए । मुक्तिनाथ विकास समितिको निर्देशनमा कोरोना रोकथाम तथा प्रतिकार्यका लागि विदेशी थप समाचार

भारतमा बर्ड फ्लू देखिए पछी नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता

6 years ago Samaya Dristi 0
काठमाडौं,२२ पुस । कोरोनाको महामारी भईरहदा भारतमा बर्ड फ्लू देखिएको छ । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको थप समाचार

काठमाडौँमा दिउंसै लाल्टिन बालेर सडकमा

6 years ago Samaya Dristi 0
काठमाडौँ,२२ पुष । अनेरास्ववियू विद्यार्थी संगठनले काठमाडौँमा लाल्टिन जुलुस निकालेको छ। नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक संगठनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दिउँसै लाल्टिन जुलुस निकालेको हो। बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो। दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका छन्।प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको थप समाचार

विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा

6 years ago Samaya Dristi 0
काठमाडौँ, २१ पुष । विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमा पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो। काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र थप समाचार

सन्दीप लामिछाने सबैभन्दा महंगो क्याटगोरीमा

6 years ago Samaya Dristi 0
काठमाडौं,२१ पुष । क्रिकेटर सन्दिप लामिछाने सबैभन्दा महंगो क्याटगोरीमा छनोट भएका छन् । नेपाली राष्ट्रिय टोलीका सदस्य एवं लेग स्पिन सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा परेका छन् । पिएसएलले मंगलबार एक ट्वीट गर्दै उक्त कुराको जनाकारी दिएको हो । १० जनवरीमा हुने ड्रफ्टको विदेशी खेलाडीतर्फ प्लाटिनमा क्याटगोरीमा सन्दीपसहित वेष्ट इन्डिजका थप समाचार

पछिल्लो २४ घण्टामा ८ जनाको निधन,५२२ जनामा कोरोना संक्रमण

6 years ago Samaya Dristi 0
काठमाडौं,२१ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा थप ८ जनाको निधन र ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयकाअनुसार थपिएका ५ सय २२ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यीमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका थप समाचार

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज

6 years ago Samaya Dristi 0
पोखरा,२१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन आज बोलाइएको हो ।विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष थप समाचार