माघ ३ गते २०७७

मोबाइल फुल चार्ज १९ मिनेटमा

काठमाडौं,३ पुष ।

प्रविधिको क्षेत्रमा समयसँगै निकै तीव्र रुपमा आविष्कारका गतिविधि भइरहेका छन् । यसै क्रममा चीनको लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले समेत फास्ट चार्जिङ तथा वायरलेस चार्जिङ प्रविधिमा केन्द्रीत भएर नयाँ खोज तथा आविष्कार गरिरहेको छ ।

कम्पनीले चाँडै नै ८० वाट वायरलेस फास्ट चार्जिङ प्रविधि प्रयोगकर्तामाझ ल्याउने तयारीमा छ । जुन आगामी दिनमा कम्पनीले उत्पादन गर्ने स्मार्टफोन, ल्यापटप लगायतका उपकरणमा प्रयोग हुनेछ ।साओमीले हालै मात्र सार्वजनिक गरेको साओमी मि टेन अल्ट्रा तथा साओमी मि इलाभेन जस्ता फ्ल्यागशिप स्मार्टफोनमा ५० वाटको फास्ट चार्जिङ फिचर दिएको छ ।

अब आउँदा दिनमा भने कम्पनीका आफ्ना फ्ल्यागशिप मोबाइल ८० वाट फास्ट चार्जिङ प्रविधियुक्त हुनेछन् । साओमीले आउँदो फेब्रुअरीमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन साओमी मि इलाभेन प्रो सार्वजनिक गर्दैछ । साओमीले गत वर्ष अक्टुबरमै ८० वाट वायरलेस चार्जिङ प्रविधि प्रदर्शन गरेको थियो । यो प्रविधिबाट १९ मिनेटमै मोबाइल फुल चार्ज हुनेछ ।